काठमाडौं : नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनको तयारी स्वरूप आज देशभर प्रतिनिधि चयन प्रक्रिया सुरु गरेको छ। नेतृत्व चयनको निर्णायक चरण मानिने यस प्रक्रियाले पार्टीभित्र उत्साह र प्रतिस्पर्धा दुवै बढेको देखिएको छ।
यसैक्रममा, एमाले सचिव गोकर्ण विष्टले प्रतिनिधि छान्ने जिम्मेवारी अत्यन्त संवेदनशील रहेको बताउँदै पार्टी पुनर्गठन र जनविश्वास पुनःस्थापनामा सबैले जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्,
“देशमा देखिएको विषम परिस्थितिलाई सम्बोधन गर्दै पार्टीलाई थप गति, ऊर्जा र एकताको साथ बलियो बनाउनु आवश्यक छ। समयको माग तथा कार्यकर्ता–जनताको आकांक्षाअनुसार पुनर्गठित ढंगले अघि बढाउनेगरी प्रतिनिधि चयनमा तपाईंहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा विश्वस्त छु।”
एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गते काठमाडौँमा हुने छ। महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै पक्षले प्यानसहित प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्, जसले नेतृत्व चयन प्रक्रियालाई झनै रोचक बनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij