Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

११औँ महाधिवेशन: दोलखाबाट नौ सदस्यीय प्रतिनिधि टोली चयन

११औँ महाधिवेशन: दोलखाबाट नौ सदस्यीय प्रतिनिधि टोली चयन

चरीकोट : नेकपा एमाले दोलखाले आउँदो ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूलाई सर्वसम्मतरूपमा चयन गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिनिधि चयन प्रक्रिया पूर्ण रूपमा सहमतिको आधारमा सम्पन्न भएको जानकारी गराइएको हो।

खुला तर्फबाट नरबहादुर श्रेष्ठ, भरतबहादुर केसी, इश्वर पोखरेल र डबल पाण्डे महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका छन्।
त्यस्तै, महिला तर्फ शान्ति कुमारी तामाङ, उर्मिला थामी र शारदा राणा चयन गरिएको छ।

दलित तर्फबाट विशाल विक तथा युवा तर्फ लक्ष्मण गुभाजु प्रतिनिधि बनेका छन्।

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठका अनुसार जिल्लाबाट कुल नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका हुन्।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट