Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कांग्रेसमा महाधिवेशन मितिको झमेला : आज पनि देउवानिवासमा बैठक

कांग्रेसमा महाधिवेशन मितिको झमेला : आज पनि देउवानिवासमा बैठक

काठमाडौँ : कांग्रेस महाधिवेशनको मिति टुंग्याउन बसेको अनौपचारिक बैठक अनिर्णित बनेपछि शनिबार पनि छलफल हुने भएको छ ।महाधिवेशनको मिति टुंग्याउन आइतबार सरेको केन्द्रीय समिति बैठकअघि सहमति खोज्न सभापति देउवाले शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूहका नेता डा। शेखर कोइरालासहितको बैठक राखेका थिए। तर, संस्थापन र महामन्त्रीद्वयले ल्याएको एक अर्को प्रस्तावमा सहमति नभएपछि शनिबार दिउँसो २ बजे पुनः देउवानिवासमा बैठक बस्ने र सहमतिको प्रयास गर्ने नेताहरूबीच समझदारी छ।

शुक्रबारको अनौपचारिक बैठकमा सहमतिका आधारमा पुसभित्रै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने वा केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय लिनेबारे छलफल भएको थियो। सभापति देउवाले विशेष महाधिवेशनमा जान नहुने स्पष्ट पार्दै सहमतिका आधारमा अघि बढ्ने उपाय खोज्न नेताहरूलाई अनुरोध गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट