Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नागरिक उड्डयन प्राधिकरणको निर्देशन : लामालाई जहाज उडाउन नदिने

नागरिक उड्डयन प्राधिकरणको निर्देशन : लामालाई जहाज उडाउन नदिने

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामामाथि उडान सञ्चालन मापदण्ड उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ। प्राधिकरणले उनलाई अर्को सूचना नआउँदासम्म उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार लामाले उडानको क्रममा फोटो तथा भिडियो खिचेर भ्लग बनाएको पाइएको छ, जसले उडान सुरक्षा तथा सञ्चालन सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको ठहर गरिएको छ।

यस सम्बन्धमा प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स विभागलाई पत्र लेखेर क्याप्टेन लामालाई अर्को आदेश नआएसम्म रोस्टर अफमा राख्न, अर्थात् जहाज उडाउन नदिन निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट