Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

राजेन्द्र ओलीद्वारा उवासंघ चितवनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

राजेन्द्र ओलीद्वारा उवासंघ चितवनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

चितवन : चितवन उद्योग वाणिज्य संघको आगामी अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि व्यवसायी राजेन्द्र ओलीले उम्मेदवारी दिने घोषणा गरेका छन्। संघको अधिवेशन यस वर्ष पौष १९ र २१ गते हुने तय भएको छ। उद्योग वाणिज्य क्षेत्रमा लामो अनुभव राख्ने ओली विगत १४ वर्षदेखि संघको कार्य समितिमा विभिन्न जिम्मेवारी सम्हाल्दै व्यवसायीहरूको हकहितको संरक्षण र प्रवर्द्धनमा सक्रिय छन्। उनले व्यवसायिक वातावरण सुधार र नयाँ पहलहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

उम्मेदवारी घोषणा गर्दै ओलीले भने, “म आगामी कार्यकालमा पनि व्यवसायिक क्षेत्रको प्रगति, संरक्षण र प्रवर्द्धनमा पूर्ण रूपमा प्रतिबद्ध रहनेछु। यस क्रममा यहाँहरूको अमूल्य सुझाव र सहयोगको अपेक्षा गर्दछु।” युवाहरूमाझ लोकप्रिय रहेका ओली संघको नेतृत्व तहसम्म पुगेर संघलाई सशक्त रूपमा नेतृत्व गर्न सक्ने व्यवसायीको रूपमा परिचित छन्। विगत १० वर्षदेखि युवा व्यवसायीहरूसँग मिलेर उद्योग क्षेत्रको हकहितका लागि सक्रिय संघर्ष गर्दै आएका ओलीले विभिन्न सामाजिक र व्यवसायिक क्षेत्रमा पनि योगदान दिँदै आएका छन्। परिचय: ठेगाना: भरतपुर–१, मेनरोड, नारायणगढ उमेर: ४७ वर्ष व्यवसाय: ओली प्लास्टिक सेन्टर, प्लाष्टो टेक नेपाल, आशिर्वाद पाइप इन्डष्ट्रिज, निको चिल्ड्रेन्स हस्पिटल आदि संस्थागत संलग्नता: उद्योग वाणिज्य संघ चितवन (द्वित्तीय उपाध्यक्ष), नेपाल–भारत मैत्री संघ (उपाध्यक्ष), प्लास्टिक व्यवसायी संघ चितवन (पूर्व अध्यक्ष) रोटरी क्लब अफ नारायणगढ को (पूर्व अध्यक्ष) को भूमिका कुशलता पूर्वक निभाउन सफल भएका थिए । राजेन्द्र ओलीको उम्मेदवारीले संघको आगामी अधिवेशनमा प्रतिस्पर्धा थप रोचक बनाएको छ। अधिवेशनमा सदस्यहरूले संघको भविष्य निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij