Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रावलको आरोप—‘ओलीले जनताको विश्वास जोगाउन सकेनन्’

रावलको आरोप—‘ओलीले जनताको विश्वास जोगाउन सकेनन्’

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी प्रतिनिधिसभा निर्वाचनमा उनकाे पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने दाबी गरेका छन्।

शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले प्रदेशका समस्या समाधानमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै जनताले साथ दिन आग्रह गरे।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका दीर्घकालीन चुनौतीहरू—सिँचाइ, कृषि, वनपैदावर, रोजगारलगायत क्षेत्रको विकास—समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी सदा तयार रहेको छ।

रावलले विगतमा जनताले नेकपालाई दिएको विश्वासलाई तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले जोगाउन नसकेको आरोप पनि लगाए।

सभामा रावलले भनेः

“अब प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा होस् वा अरू कुनै दिनमा, नेपाली कम्युनिस्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बनेर तपाईंहरूलाई नेतृत्व दिनेछ। यसमा तपाईंहरूले होष्टेमा हैसे दिनुहोस्।

सुदूरपश्चिमका नदी, सिँचाइ आयोजना, कृषि, वनस्पति, युवाको रोजगारी—यी सबैका लागि हामी दृढतापूर्वक तपाईँहरूको साथ र सेवामा तयार छौँ। तपाईंहरूको कठिनाइमा नेपाली कम्युनिस्ट पार्टी सधैं साथ रहनेछ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट