Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

धनगढीको सभामा शाहको प्रहार : ‘एमाले टुक्रिने मूल कारण ओली’

धनगढीको सभामा शाहको प्रहार : ‘एमाले टुक्रिने मूल कारण ओली’

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकारका कारण एमालेमा लगातार ‘पहिरो’ जस्तै विचलन भइरहेको दाबी गरेका छन्।

सुदूरपश्चिमको धनगढीमा नेकपाले शुक्रबार आयोजना गरेको एकता सन्देश सभामा बोल्दै शाहले ओलीको स्वेच्छाचारी चरित्रले कम्युनिस्ट आन्दोलन नै कमजोर बनाएको आरोप लगाए। एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका उनले अहिलेको परिस्थितिमा “ओलीको कठालो नेपाली कम्युनिस्ट पार्टीले समात्छ” भन्दै पार्टी पुनर्गठनको संकेत समेत दिए।

शाहले भने, “ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको छ। ओली नेतृत्वमा आएदेखि कम्युनिस्ट पार्टी टुक्रिँदै गएको छ। नेपालीको गुनले नपुगेपछि जेनजीको खुन चाहियो भन्ने अवस्था बनाइएको छ।” उनीका अनुसार, तानाशाहीको अन्त्य र जनताका पक्षमा न्याय सुनिश्चित गर्ने क्षमता नेपाली कम्युनिस्ट पार्टीसँग छ।

शाहले कार्यक्रममा स्थानीय मातृभाषाको गीतमार्फत प्रचण्ड र माधव नेपालले फाटिएको मन जोडेको उदाहरण दिँदै पार्टीलाई फेरि छिन्नभिन्न हुन नदिन, आन्तरिक विवाद जनता सामु नल्याउन नेतृत्वलाई सुझाव पनि दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट