गुल्मी : गुल्मीको सत्यवती गाउँपालिका–५ स्थित सत्यवती बहुमुखी क्याम्पसमा मङ्सिर १८ देखि २५ गतेसम्म राष्ट्रकल्याण एवं विश्व शान्ति लक्षित ज्ञान महायज्ञ–२०८२ आयोजना हुँदैछ।
महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञाननन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचन दिनेछन्। आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा प्रवचन प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा लक्षहवन, महारुद्राभिषेक, मन्त्रजप, शतचण्डी, गीता–विष्णुसहस्रनाम पाठ, भजनकीर्तन, कृष्णलीला र नृत्य प्रदर्शन हुनेछ। महायज्ञबाट करिब तीन करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।
क्याम्पस प्रमुख विकास ढकालका अनुसार, यस महायज्ञको उद्देश्य गुणस्तरीय शिक्षा, छात्रावास, पुस्तकालय, पूर्वाधार विकास र विपन्न विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनु रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij