काठमाडौं : उज्यालो नेपाल पार्टीले आगामी मंसिर १७ गते प्रज्ञा भवन, कमलादी, काठमाडौंमा पार्टी घोषणासभा आयोजना गर्ने भएको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले जानकारी दिएको हो।
पार्टी प्रवक्ता राजु थापाका अनुसार, “उक्त घोषणासभामा वृहत जनसहभागीता रहने अपेक्षा गरिएको छ। सुरक्षा, सवारी तथा भीड व्यवस्थापनका तयारीहरू लगभग अन्तिम चरणमा पुगेका छन्।” कार्यक्रममा प्रमुख अतिथि, मन्त्रीसमेत रहेका कुलमान घिसिङ हुने थापाले बताए।
उज्यालो नेपाल पार्टीले आफ्नो मूल नारालाई ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ घोषणा गरेको छ, जसले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने उद्देश्य राखेको छ।
पार्टी घोषणासभामा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल उद्देश्य र विस्तृत घोषणापत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गरिनेछ। यसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजना समेटिनेछ।
साथै, उज्यालो नेपाल पार्टीले दलमा आवद्ध हुन चाहने नागरिकहरूलाई आवेदन दिन पनि आह्वान गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij