विराटनगर : नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको क्रममा इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताद्वारा एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण भएको छ।
राजधामी पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव पनि हुन्। धरान–१० स्थित एमाले कार्यालय नजिकै हिँजो बेलुका युवा संघ कोशी इन्चार्ज दिवस राई, वडा अध्यक्ष विवेक राईसहितको समूहले उनलाई कुटपिट गरी गम्भीर घाइते बनाएको छ।
राजधामीले आफू अहिले उपचार गराइरहेको बताए। उनले भने, “अनुहारमा गम्भीर चोट लागेको छ। अन्य विषयमा अहिले बोल्न सक्दिनँ।”
राजधामी र दिवस दुवैले महाधिवेशनका लागि युवा तर्फ प्रतिनिधिका उम्मेदवारी दिएका थिए। स्रोतका अनुसार, राजधामीलाई दबाबमा आफ्नो उम्मेदवारी फिर्ता लिने कागजमा हस्ताक्षर गर्न लगाइएको थियो, तर उनी आफ्नो उम्मेदवारी कायम राख्ने बताए।
राजधामीले भने, “ज्यान नै तलमाथि हुन सक्ने भएपछि दबाबमा हस्ताक्षर गरेको हुँ, तर मेरो उम्मेदवारी कायम छ।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij