Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

देवीनगरमा अतिक्रमण भत्काउँदै भद्रकुमारी स्पोर्ट्स पार्कका लागि जग्गा खाली

देवीनगरमा अतिक्रमण भत्काउँदै भद्रकुमारी स्पोर्ट्स पार्कका लागि जग्गा खाली

काठमाडौं : काठमाडौं महानगरपालिकाले देवीनगर–१० स्थित सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काएको छ। भद्रकुमारी स्पोर्ट्स पार्क निर्माणका लागि निर्धारित जग्गामा निर्माण भएका संरचनालाई शुक्रबार महानगरले डोजर प्रयोग गरी हटाएको हो।

धोबीखोला करिडोरखण्डमा पर्ने उक्त जग्गामा पार्क निर्माणका लागि केही दिनअघि शिलान्यास गरिएको थियो। पार्कको जमिनको क्षेत्रफल पाँच रोपनी १० आना दुई पैसा (२,८८० वर्गमिटर) रहेको छ। काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेका अनुसार, संरचना हटाएर पार्क निर्माणका लागि जग्गा खाली गरिएको हो।

महानगरका अनुसार, नयाँ भद्रकुमारी स्पोर्ट्स पार्कमा खुला व्यायामशाला, ब्याडमिन्टन कोर्ट र फुटसल मैदान निर्माण गरिनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट