Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मधेस प्रदेश मुख्यमन्त्री यादवको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

मधेस प्रदेश मुख्यमन्त्री यादवको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्धको रिटमा आज (मंसिर १२) सुनुवाइ भइरहेको छ। सर्वोच्च अदालतले बिहीबार (मंसिर ११) सुनुवाइ नसक्दा मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो। न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको इजलासले आज सुनुवाइ थालिएको जनाएको छ।

मुद्दा अनुसार, संविधानको धारा १६८(२) अन्तर्गत जितेन्द्र सोनलले विश्वासको मत नलिँदै राजीनामा दिएका थिए। त्यसपछि दलहरूले सोही धाराबमोजिम सरकार गठनको आग्रह गरेका थिए। तर तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले सरकार गठनको आह्वान नगरी, काठमाडौं जाने क्रममा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

यादवको नियुक्तिपछि, प्रदेशसभाका ११० मध्ये ७४ सदस्यको हस्ताक्षरसहित नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले रिट दायर गरेका थिए। अर्जुन साह र रक्कीप्रसाद साहले पनि सार्वजनिक सरोकारको रिट दायर गरेका छन्।

तीनवटै रिटमा यसअघि अन्तरिम आदेश भइसकेकोले यादव कामचलाउ मुख्यमन्त्रीको रूपमा कार्यरत छन्। उनले कामचलाउ अवस्थामै मन्त्रिपरिषद् विस्तार पनि गरेका छन्। यस दिनै मुद्दामा फैसला आउन सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट