Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भावना राउत: ओली सरकार र नागरिक सरकारमा खासै फरक छैन

भावना राउत: ओली सरकार र नागरिक सरकारमा खासै फरक छैन

काठमाडौँ : जेनजी आन्दोलनकी अगुवा भावना राउतले वर्तमान सरकारले जनेजीहरुका आवाज नसुनेको भन्दै ओली सरकार र अहिलेको नागरिक सरकारबीच खासै भिन्नता नरहेको बताएकी छन्।

शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहितको तस्बिर सामाजिक सञ्जालमा राख्दै लामो स्टाटस लेख्दै राउतले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नगरेकोमा असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले भनिन्, “सडकमा सहिदका रगत अझै छ, आमाका आँखा अझै न्यायकै प्रतीक्षामा छन्। तर उनीहरूले जेका लागि लडे, त्यही मर्म यो सरकारले बिस्तारै व्यर्थ बनाइरहेको छ। हाम्रो प्रश्न कुनै व्यक्तिमाथि होइन, प्रवृत्तिमाथि हो।”

साथै राउतले सहिदको बलिदानमाथि अपमान नगर्न र राज्यले गलत मानिएका व्यक्तिलाई संरक्षण गर्नु गलत भएको बताइन्। उनले भनिन्, “यदि ‘म नै म’ भन्ने प्रवृत्ति रहिरहन्छ र बाहिर उठेका आवाज सुन्ने इमानदारी नहुने हो भने, ओली सरकार र नागरिक सरकारबीच मैले खासै फरक देख्दिन।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट