Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

विवाहपञ्चमी महोत्सव : इनरुवामा रथ यात्रा र साधुसन्त बिदाइ कार्यक्रम सम्पन्न

विवाहपञ्चमी महोत्सव : इनरुवामा रथ यात्रा र साधुसन्त बिदाइ कार्यक्रम सम्पन्न

इनरुवा : कोशी प्रदेशकै पहिलो दाबी गरिएको रामजानकी रथ यात्रा तथा विवाहपञ्चमी महोत्सवमा सहभागी बनेका १५१ साधुसन्तको इनरुवामा बिदाइ गरिएको छ। प्रत्येक वर्ष झैँ नगर परिक्रमा सहित निकालिएको रथ यात्रा यस वर्ष पनि दस हजारभन्दा बढी भक्तको सहभागीतामा सम्पन्न भएको रामजानकी गुठी संस्थाका अध्यक्ष हरिलाल मेहताले बताए।

दशकदेखि निरन्तर आयोजना हुँदै आएको यो रथ यात्रा इनरुवाको गौरव भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताएका छन्। विवाहपञ्चमी अवसरमा कुमरन (मटकोर), बृहत रथयात्रा र साधुसन्त बिदाइ कार्यक्रम समेत सम्पन्न भएको थियो।

कार्यक्रममा नगर प्रमुख भण्डारी प्रमुख अतिथि रहेका थिए भने उपप्रमुख विनिता मेहता, उद्योग वाणिज्य संघका बीरेन्द्र साह, समाजसेवी रामधिन यादव, पत्रकार जयकृष्ण यादव लगायत हजारौँको उपस्थिति रहेको गुठीका सचिव डा. सूर्य नारायण मेहताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट