Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

ग्याँस बुलेटका कारण अवरुद्ध दाउन्ने सडक दुईतर्फी खुल्यो

ग्याँस बुलेटका कारण अवरुद्ध दाउन्ने सडक दुईतर्फी खुल्यो

काठमाडौं : पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ग्याँस बुलेट अनियन्त्रित भएर सडकमै तेर्सोपर्दा अवरुद्ध भएको सडक दुईतर्फी नै खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान ६ बजेतिर एउटा ग्याँस बुलेट उकालो चढ्न नसकेर सडकमै तेर्सो परेको थियो । त्यसलाई सात बजेतिर खुलाएपछि बाटो दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वीरगञ्जबाट भैरहवातर्फ जाँदै गरेको आरजे ५२ जीबी ३७५२ नम्बरको खाली ग्यास बुलेट दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२, त्रिसठ्ठी मोडमा उकालो चढ्न नसकी ब्याक भई सडकमै तर्सो परेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट