काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमा बसिरहनु उद्देश्य नभएको स्पष्ट पार्दै सक्रिय राजनीतिक वातावरण बनेका खण्डमा मात्रै भूमिका निर्वाह गर्ने बताए।
बिहीबार काठमाडौंमा आयोजित एकता घोषणा सभामा प्रचण्डले भने, “हामी उमेरको हिसाबले धेरैजसो नेताहरू उत्तरार्द्धतिर छौँ। तर राष्ट्रप्रतिको जिम्मेवारी, समाजवादको यात्रा अगाडि बढाउने प्रतिबद्धतामा हामी कुनै पनि ‘जेनजी’ युवाभन्दा कम छैनौँ। अन्तिम समयसम्म सक्रिय भूमिका निर्वाह गर्ने हाम्रो आकांक्षा छ।”
उनले युवाहरूलाई सही बाटोमा मार्गदर्शन गर्दै समाजवादी क्रान्ति सम्पन्न गर्ने आफ्नो चाहना व्यक्त गर्दै, पदमा बस्नैको लागि कुनै लालसा नभएको बताए। प्रचण्डका अनुसार, पार्टीको एकता एउटा आन्दोलन हो र यसले निर्वाचनको वातावरण तयार पार्न योगदान पुर्याउने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij