Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

‘सफल हुँदैन’ भनिएको एकता अभियान निरन्तर अघि बढ्दै – नेता नेपाल

‘सफल हुँदैन’ भनिएको एकता अभियान निरन्तर अघि बढ्दै – नेता नेपाल

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आम नागरिकको आकर्षण दिनदिनै बढ्दै गएको दाबी गरेका छन्।

बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘सफल हुँदैन’ भनेको एकता आन्दोलन नै निरन्तर सशक्त बन्दै गएको टिप्पणी गरे।

शुक्रबारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा सुरु गर्न लागिएको जानकारी दिँदै नेपालले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा व्यक्त गरे। उनका अनुसार सुदूरपश्चिमका नेताहरूले उक्त सभामा २० हजारभन्दा बढी सहभागी उतार्ने तयारी गरेका छन्।

नेता नेपालको भनाइ
नेता नेपालले एकता प्रयास सुरुआतदेखि नै सही दिशामा रहेको पुष्टि भइरहेको बताउँदै सुदूरपश्चिममा हुन लागेको सन्देश सभा पार्टी नेतृत्व र संगठनको परीक्षाजस्तै हुने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट