काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा द्वन्द्व दोहोरिने जोखिम काबुमा राखिएको बताउँदै सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि तीव्र गतिमा सुरक्षा तयारी गरिरहेको जानकारी दिएका छन्।
राष्ट्रिय सभाको समितिमा बोल्दै उनले राजनीतिक दल र जेनजी समूहबीच संवाद जारी रहेको, लुटिएका हतियार एवं फरार कैदीबन्दी व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको र जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने व्यवस्था मिलाइरहेको बताए।
उनका अनुसार हालसम्म ५९५ जना पक्राउ, २८३ मा मुद्दा दर्ता, ७२३ हतियार फिर्ता तथा ९ हजार ६९७ फरार कैदीबन्दी पक्राउ गरिइसकेका छन्। बाँकी ४ हजार ८५७ जनालाई फिर्ता ल्याउन विशेष अपरेसन चलाइएको छ।
निर्वाचन सुरक्षाका लागि सेना परिचालनको प्रक्रिया पूरा भइसकेको र सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद अघि बढाइएको मन्त्री अर्यालले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij