Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

उच्च अदालतको फैसला: कृष्णबहादुर महरा धरौटीमा मुक्त

उच्च अदालतको फैसला: कृष्णबहादुर महरा धरौटीमा मुक्त

काठमाडौं :  पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। ‘भेप’मा सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई उच्च अदालत पाटनले बुधबार धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले जिल्ला अदालतको थुना आदेशलाई परिवर्तन गर्दै धरौटीमा छुट दिने निर्णय गरेको हो।

महरा गत असोज २६ गते पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौँले असोज २९ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रोनिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन प्रकरणमा संलग्नताको आरोपमा महराविरुद्ध सीआइबीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट