काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनलाई लिएर पार्टीभित्र बढ्दो विवादलाई समाधान गर्न सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्।
पार्टीभित्रको असहमति समाधान गर्न देउवा आफैं अग्रसर बनेका हुन्। छलफलमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, डा. प्रकाशरण महतलगायतका नेताहरू सहभागी छन्।
छलफलमा महाधिवेशनको एजेन्डा र विवाद समाधानका उपायहरूमा विशेष ध्यान दिइएको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij