काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव नहुने बताइन्। आठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जिकिर गरिन्।
उनका अनुसार यस ऐनले धनीले गरिब, निरोगीले रोगीलाई प्रणालीगत सहयोग गर्ने आधार तयार पार्नेछ र समग्र उत्पादकत्व अभिवृद्धिमा योगदान पुग्नेछ।
प्रधानमन्त्री कार्कीले निजी क्षेत्रका श्रमिक–कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन आग्रह गर्दै, कोषको रकम सार्थक क्षेत्रमा लगानी गर्न गृहकार्य गर्न आवश्यक रहेको बताइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij