काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समिति बैठक आज केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको छ।
पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठले बैठक सुरु भएको जानकारी दिए।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टीको आगामी रणनीति, आउँदो केन्द्रीय समिति बैठकका एजेन्डा लगायत विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले बताए।
आजको बैठकमा महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट समूहका मुद्दाहरूको समाधान पनि प्रमुख विषय रहेको छ। प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा पार्टीभित्र आन्तरिक एकता कायम गर्ने, सबै तहको अधिवेशन सम्पन्न गर्ने, एजेन्डा केन्द्रीत कार्यक्रम अघि बढाउने, र भविष्यका चुनावी तयारी लगायतका विषयमा पनि छलफल हुनेछ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij