Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बर्दघाट–सुचाउ महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने तयारी

बर्दघाट–सुचाउ महानगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने तयारी

 नवलपरासी  :  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्भावनाबारे छलफल भएको छ। शिक्षा, स्वास्थ्य, प्रविधि, व्यापार र संस्कृति लगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले यो सम्बन्ध अगाडि बढाउने तयारी भइरहेको छ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले यो सम्बन्ध बर्दघाटको विकासका लागि कोशेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, दुई नगरबीच प्रविधि र ज्ञानको आदानप्रदानले नगरवासीले प्रत्यक्ष लाभ पाउनेछन्।

“सुचाउ जस्तो विकसित महानगरसँगको भगिनी सम्बन्धले हामीलाई पूर्वाधार विकास, प्राविधिक शिक्षा र स्वास्थ्य सेवामा सुधार गर्न ठूलो सहयोग पुग्नेछ,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो।

सुचाउ युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर चाङ वाई र नेपाली चिकित्सक डा। केशव कुँवर सहितको टोलीले नगरका स्वास्थ्य संस्था र क्याम्पसहरूको स्थलगत अवलोकन पनि गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले नगरको समग्र विकासका लागि सम्बन्धलाई द्रुत गतिमा अगाडि बढाउने योजना रहेको बताउनुभयो। उहाँले विशेषगरी प्राविधिक शिक्षा र स्वास्थ्य सुविधाको स्तरोन्नतिका लागि सुचाउको सहयोग अपेक्षित रहेको जानकारी दिनुभयो।

प्रोफेसर चाङ वाईले यसअघि पोखरा महानगरपालिका र सुचाउ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न नेतृत्व गर्नु भएको थियो। भ्रमण टोलीलाई नगरपालिकाको विकास प्राथमिकता र आवश्यकताहरूबारे विस्तृत जानकारी दिइएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट