Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजी आन्दोलनमा संलग्न ५९५ जना पक्राउ, २८३ जनाविरुद्ध मुद्दा दर्ता

जेनजी आन्दोलनमा संलग्न ५९५ जना पक्राउ, २८३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ  : जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा ५९५ जना पक्राउ परेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, पक्राउ परेकामध्ये २८३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

यो जानकारी उनले राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा बिहीबार दिएका हुन्।

जेनजी आन्दोलन २३ र २४ भदौमा भएको थियो। विशेषगरी २४ भदौमा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो।

आन्दोलनको क्रममा भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्दै तोडफोड र आगजनी गर्नेविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। सार्वजनिक भिडियो फुटेज र अन्य प्रमाणहरूको आधारमा पक्राउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र मुद्दा दर्ता प्रक्रिया अघि बढाइएको बताइएको छ।

हालसम्म २८३ जनाविरुद्ध के कस्तो कसुरमा मुद्दा दर्ता भएको भन्ने विवरण गृहमन्त्री अर्यालले सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट