काठमाडौं : जेनजी आन्दोलनमा शहीद भएका परिवारका बालबालिकाको अध्ययनको लागि गोल्यान ग्रुपले वार्षिक डेढ करोड रुपैयाँ खर्च गर्ने भएको छ।
ग्रुपले अघि सारेको यस योजनामा विद्यालय सञ्चालक र अभिभावकहरू पनि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
शहीद परिवारका बालबालिकालाई अध्ययनको अवसर प्रदान गर्न गोल्यान ग्रुप, विद्यालय र अभिभावकबीच त्रिपक्षीय सम्झौता मंगलबार गोल्यान टावरमा सम्पन्न भएको हो।
सम्झौतापत्रमा ग्रुपको तर्फबाट कर्पोरेट अफेयर्स, पब्लिक रिलेसन एण्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत विद्यालयका प्राध्यापक, र बालबालिकाका संरक्षक (अभिभावक)ले हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij