Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जसपा नेपालले पार्टीबाट बाहिरका नेता–कार्यकर्तालाई फर्किन खुला आह्वान

जसपा नेपालले पार्टीबाट बाहिरका नेता–कार्यकर्तालाई फर्किन खुला आह्वान

काठमाडौँ  :  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीबाट बाहिर रहेका नेता–कार्यकर्तालाई संगठनमा फर्किन खुला आह्वान गरेको छ।

पार्टीबाट टाढा रहनुको कारण विगतका निराशा, असहमति वा परिस्थितिजन्य कारणहरू हुन्। अहिले राष्ट्रिय राजनीति, पहिचान–अधिकार, संघीयता, समावेशीकरण र संविधान संशोधनका एजेन्डा फेरि केन्द्रित हुँदै गएका बेला जसपाले संगठन एकता र नयाँ गति दिन यो कदम चालिएको बताएको छ।

जसपाका सचिव शैलेन्द्रप्रसाद साहले भने,

“जनता समाजवादी पार्टी, नेपाल विभिन्न विभाजन, बहिर्गमन र चलखेलबाट गुज्रिरहेको छ। पार्टीको हालैको बैठकले विगतका असहमति वा निराशाका कारण पार्टीबाट टाढा रहेका नेता–कार्यकर्तालाई फर्किन खुला आह्वान गरेको छ। संगठनमा फर्केर जिम्मेवारीका साथ उभिए पार्टी फेरि बलियो, वैकल्पिक र भरोसायोग्य शक्ति बन्न सक्छ।”

साहले महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई, अशोक राई, जेपी गुप्ता, रेणु यादव, दान विश्वकर्मा, डम्बर खतिवडा, महेन्द्र यादव, युवराज कार्की जस्ता नेता फेरि एकताबद्ध भएर संगठनको मुख्य धारमा फर्किन सक्नेमा विश्वास व्यक्त गरे।

उनले भने, “नेताहरूको अनुभव, राजनीतिक परिपक्वता र देश परिवर्तनको प्रतिबद्धता एक ठाउँमा जोडिए संघीयता, समावेशीकरण र पहिचान–अधिकारका एजेन्डालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन सकिन्छ। मधेशदेखि हिमालसम्मका नागरिकलाई एउटै राजनीतिक छातामुनि समेट्न जसपा सक्षम शक्ति बन्न सक्छ।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट