Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रवि लामिछाने–छविलाल जोशी प्रकरण : आज उच्च अदालत बुटवलमा पेसी

रवि लामिछाने–छविलाल जोशी प्रकरण : आज उच्च अदालत बुटवलमा पेसी

बुटवल : सहकारी ठगी तथा संगठित अपराध अभियोगमा थुनामारहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।

गत हत्पा लामिछाने पक्षका कानुनी व्यवसायीले निवेदन दिँदै सुनुवाइ स्थगित गराएपछि आजको पेसीलाई विशेष महत्त्वका साथ हेरिएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्सासँग सम्बन्धित बिगो रकम दाखिला गरिसके पनि रुपन्देही जिल्ला अदालतले गत साउन २६ गते उनीहरूको रिहाइ निवेदन अस्वीकार गरेको थियो।

जिल्ला अदालतको निर्णयविरुद्ध उनीहरूले भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गरेका थिए।

अभियोगपत्र अनुसार सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको सामूहिक बिगो कायम गरिएको छ। यसको चार हिस्सामध्ये लामिछानेले आफ्नो अंश बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतमार्फत दाखिला गरेका छन्।

छविलाल जोशीले पनि त्यत्तिकै रकमको जमानतसहित रिहाइ निवेदन पेस गरेका थिए। तर जिल्ला अदालतले दुवैको निवेदन अस्वीकार गरेपछि लामिछाने काठमाडौं कारागारमा र जोशी भैरहवा कारागारमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट