Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रधानमन्त्री कार्की: विश्वविद्यालयको नेतृत्व सबै भार बोकेर गर्न सकिँदैन

प्रधानमन्त्री कार्की: विश्वविद्यालयको नेतृत्व सबै भार बोकेर गर्न सकिँदैन

काठमाडौं :  प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले विश्वविद्यालयको स्वायत्तता र नेतृत्वको जिम्मेवारीबारे स्पष्ट दृष्टिकोण व्यक्त गरेकी छन्। उनले सबै जिम्मेवारी प्रधानमन्त्री एक्लैले बहन गर्न नसक्ने बताउँदै विश्वविद्यालय स्वायत्त हुनु आवश्यक भएको बताइन्।

बुधबार त्रिभुवन विश्वविद्यालय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन् कि विश्वविद्यालयको व्यवस्थापन र विकासमा राजनीतिक नेतृत्वले पूर्ण रूपमा दृष्टि पुर्‍याउन सक्दैन। उनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले उठाएको विश्वविद्यालयको स्वायत्ततासम्बन्धी पहलमा आफू पनि सहमत रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले थपे, “अब हामीले हरेक कुराको विकासलाई हेर्नुपर्छ। यो जिम्मेवारी तपाईंहरूमा छ। एउटै प्रधानमन्त्रीले सारा डोकोभरि सबै भारी बोकेर हिँड्न सक्दैन। त्यसैले स्वायत्तताको कुरा उठेको हो। पहिले हुर्किनको लागि आवश्यक वातावरण तयार पार्नुपर्छ, त्यसपछि विश्वविद्यालय आफैं फुल्छ, फल्छ र काम गर्न सक्षम हुन्छ।”

उनको भनाइले विश्वविद्यालय स्वायत्तता सुनिश्चित गर्दै नेतृत्व र प्रशासनमा सहमति र समन्वय आवश्यक रहेको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट