काठमाडौँ : कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालबीच आगामी प्रतिनिधि सभा निर्वाचनमा एउटै चुनाव चिह्नमार्फत भाग लिने सहमति भएको छ।
दुवै पार्टीबीच गरिएको समझदारी अनुसार उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’लाई एकल चुनाव चिह्न बनाइ आगामी आमनिर्वाचनमा प्रयोग गरिनेछ। यस सम्बन्धमा दुवै पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
निर्वाचन आयोगको व्यवस्था अनुसार फरक–फरक दलहरूले एउटै चुनाव चिह्नमा चुनाव लड्न पाउने कानुनी सुविधा छ। प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij