Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मुख्यमन्त्री शाहले विकासमा सन्तुलनको जोड दिंदै सिटी हल शिलान्यास गरे

मुख्यमन्त्री शाहले विकासमा सन्तुलनको जोड दिंदै सिटी हल शिलान्यास गरे

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–४ मा सिटी हल, सङ्ग्रहालय र अन्य संरचना निर्माणको शिलान्यास सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार गरेका छन्।

प्रदेश सरकारको लगानीमा निर्माण हुने यी संरचनाका लागि १३ करोड १९ लाख रुपैयाँमा काठमाडौंको गोरखनाथ–पूर्वपश्चिम–निधि जेभीले ठेक्का पाएको छ। नयाँ सिटी हलले सभा, सेमिनार, साँस्कृतिक कार्यक्रम लगायतका गतिविधि सञ्चालनमा सहजता ल्याउने जनाइएको छ।

शिलान्यास समारोहमा मुख्यमन्त्री शाहले विकासको सन्तुलन कायम गर्नु आवश्यक भएकोमा जोड दिनुभयो। सन्तुलित बजेट निर्माणमा आफू चिन्तित रहेको उल्लेख गर्दै उहाँले विशेषगरी पहाडी क्षेत्रका विकट जिल्ला बाजुरा र बझाङमा विकासको कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री शाहले जनप्रतिनिधि र सरोकारवालाबीच समन्वय र साझा उद्देश्य आवश्यक रहेको औँल्याउँदै सङ्ग्रहालयलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको जिम्मेवारी हुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट