Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको आज अन्तिम दिन

काठमाडौं  :  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने आज अन्तिम दिन हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दलहरूले आजभरिमात्र दर्ता प्रक्रियामा सहभागी हुन पाउनेछन्।

हाल आयोगमा दर्ता भएका १३४ दलमध्ये मंगलबारसम्म ८० दलले आगामी निर्वाचनका लागि दल दर्ता गराइसकेका छन्।

निर्वाचनमा सहभागिताका लागि आयोगमा पहिले दर्ता भइसकेका राजनीतिक दलले पनि फेरि दर्ता प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट