काठमाडौँ : सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै भने, “निर्वाचनका लागि सबै दलहरू तयार छन् र सरकारले आवश्यक तयारी पूरा गरिसकेको छ। अब निर्वाचनको वातावरण पूर्ण रूपमा सुरक्षित र सुनिश्चित भइसकेको छ।”
उनले निर्वाचनको विरोध गर्ने दलहरूले समेत निर्वाचन आयोगमा दर्ता गरिसकेकाले निर्वाचनमा आशङ्का नगर्न जनता र दलहरूलाई आग्रह गरे। साथै मतदाता नामावली सङ्कलन र सुरक्षा योजना समेत तयार भइसकेको उनले जानकारी दिए।
मन्त्री खरेलले सरकारले जेनजी आन्दोलनका युवाहरूलाई प्राथमिकता दिएको भन्दै, प्रधानमन्त्रीले सोमबार भेट्न नसके पनि उनीहरूलाई बेवास्ता नगरिने स्पष्ट पारे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij