Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

माधवकुमार नेपाल: पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन

माधवकुमार नेपाल: पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन

काठमाडौँ  : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुरानो पार्टीको धङधङी र व्यक्तिगत मनोवृत्तिबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।

मंगलबार अखिल नेपाल ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा माधवकुमार नेपालले भने, “हामीले १४ वटा घटकलाई मिलाएर नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन गरेका छौँ। अब पुरानो पार्टीको ढाँचा र व्यक्तिगत मनोवृत्तिबाट मुक्त हुन आवश्यक छ।”

उहाँले कार्यकर्तालाई ‘मेरो संगठन, तिम्रो संगठन’ भन्ने भ्रममुक्त भएर सबै जनसङ्गठनलाई एकताबद्ध गर्न आग्रह गर्नुभयो। इतिहासको चर्चा गर्दा केवल २०५२ सालको मात्रै नभई २००६ सालदेखि झापा विद्रोहसम्मको घटनालाई पनि समावेश गर्नुपर्ने उहाँको भनाइ थियो।

साथै, माधवकुमार नेपालले नेकपा एमालेभित्र कार्यकर्ताले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने प्रवृत्तिबाट प्रभावित नहुन चेतावनी दिनुभयो। उहाँले भने, “एक नेतामात्रको चर्चा गर्दा पार्टीभित्र ‘बा’ प्रवृत्ति हाबी हुन्छ। यसबाट मुक्त हुनुपर्छ।”

उहाँले पार्टीभित्र एक अर्काप्रतिको विश्वास कायम गर्दै नेपाली जनताको आशा र भरोसाको केन्द्रको रूपमा पार्टीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट