Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रवासी र गैरआवासीय नेपालीलाई मतदानको पहुँच दिन जेनजी फ्रन्टको माग

प्रवासी र गैरआवासीय नेपालीलाई मतदानको पहुँच दिन जेनजी फ्रन्टको माग

काठमाडौँ : नेपाल जेनजी फ्रन्टले प्रवासी नेपाली नागरिक र गृहजिल्ला बाहेकका जिल्लामा बसोबास गरिरहेका नेपालीलाई मतदानको व्यावहारिक पहुँच सुनिश्चित गर्न निर्वाचन आयोगमा मागपत्र बुझाएको छ।

फ्रन्टका अभियान समिति सदस्य अमृता वन, कर्णाली प्रदेश सम्पर्क व्यक्ति बिनिता बोगटी, सदस्य ऋषि थापा, नवीन विष्ट, आदर्श कर्ण, डायमण्ड शाहीलगायत आयोगमा उपस्थित भई मागपत्र बुझाएका हुन्।

बोगटीले आयोगलाई जानकारी दिँदै भने कि आगामी प्रतिनिधिसभा निर्वाचनदेखि नै प्रवासी नेपालीले मतदान गर्न पाउने व्यवस्था तुरुन्त लागू गर्नुपर्ने माग पत्रमा उल्लेख गरिएको छ। उनीहरूको भनाइ अनुसार सरकारले कानुनी तथा प्राविधिक जटिलतालाई बहानाका रूपमा प्रयोग गरी संवैधानिक अधिकारबाट वञ्चित गर्न नहुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट