काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ। पार्टीले मंगलबार (मंसिर ९) निर्वाचन आयोग पुगेर दर्ता प्रक्रिया पूरा गरेको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, “यथास्थितिमा हुने निर्वाचनले मुलुकको निकास सम्भव नहुन सक्छ, तर जिम्मेवार दलका नाताले दल दर्ता गराइएको हो।”
यसै दिन नेकपा (एमाले)ले पनि दल दर्ता गरेको छ। प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुने तय भएकाले दर्ताको समय बुधबारसम्म तोकिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij