काठमाडौं : गरिखान देऊ अभियानका संयोजक मिराज ढुंगानाको समूहलाई मंगलबार (मंसिर ९) सिंहदरबार प्रवेशमा प्रहरीले रोक लगाएको छ। समूह प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन गइरहेको थियो।
मिराज ढुंगानाले बाह्रखरीसँग भने, “हाम्रो टिम प्रधानमन्त्री कार्यालय जाँदै थियौँ, तर गेटमै प्रहरीले रोकेर फर्कायो। के कारणले फर्कायो हामीले बुझ्न सकेका छैनौँ।”

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले भने, “सिंहदरबार वरिपरि निषेधित क्षेत्र हो। त्यहाँ पाँचजनाभन्दा बढी व्यक्ति जम्मा हुँदा नियमअनुसार हटाइएको हो। प्रवेशका लागि पास लिनुपर्छ र नियम पालना गर्नुपर्छ।”
सोमबार (मंसिर ८) पनि ढुंगानाको टोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेको थियो, तर भेट सम्भव भएको थिएन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij