Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पश्चिम नवलपरासीमा ६ हजारभन्दा बढी नयाँ मतदाता थप

पश्चिम नवलपरासीमा ६ हजारभन्दा बढी नयाँ मतदाता थप

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)  : पश्चिम नवलपरासीमा हाल ६ हजार १४० नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालयका अनुसार यसमध्ये ३ हजार २३५ पुरुष र २ हजार ९०४ महिला मतदाताले आफ्नो नाम दर्ता गराएका छन्।

यसैगरी, ५ हजार ३८० जनाले राष्ट्रिय परिचयपत्र प्रयोग गरी नाम दर्ता गराएका छन्। तर निर्वाचन अधिकारी सुजाता खत्रीका अनुसार यी नामहरू आयोगले अझै अद्यावधिक गरेको छैन।

निर्वाचन कार्यालयले प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा मतदान केन्द्र थप गर्न सिफारिस गरेको छ। यसअघि पश्चिम नवलपरासीमा १२० मतदान केन्द्र स्थापना भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट