Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमाले महाधिवेशन : प्रतिनिधि उम्मेदवारी शुल्क अधिकतम १ हजारमै सीमित गर्ने निर्देशन

एमाले महाधिवेशन : प्रतिनिधि उम्मेदवारी शुल्क अधिकतम १ हजारमै सीमित गर्ने निर्देशन

काठमाडौं :  नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनौट प्रक्रियामा उम्मेदवारी शुल्क अधिकतम १ हजार रुपैयाँमै सीमित गर्न निर्देशन दिइएको छ। केही जिल्लाले अत्यधिक शुल्क तोकेर दर्ता गर्न थालेको जानकारी पाएपछि पार्टीको संगठन विभागले सो व्यवस्था तत्काल रोक्न हस्तक्षेप गरेको हो।

पार्टी स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार सोमबार साँझ भर्चुअल बैठकमार्फत जारी गरिएको पाँच बुँदे निर्देशनअनुसार, प्रतिनिधि छनौटको निर्वाचन प्रक्रियामा प्रवेश गर्नु अघि अन्तिम मतदाता सूची अनिवार्य रूपमा प्रकाशित गर्नुपर्नेछ।

यसभित्र, मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागमा बुझाउनुपर्ने, मंसिर १२ गतेसम्म सर्वसम्मतिको प्रयास गर्नुपर्ने र सहमति नजुटे मंसिर १३ गते देशभर तथा प्रवासमा प्रतिनिधि छनौट कार्य अघि बढाउने व्यवस्था निर्देशनमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट