काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्माले माओवादी जनमुक्ति सेनाको औपचारिक घोषणाले नेपालमा राजनीतिक रूपान्तरणको नयाँ चरण प्रारम्भ भएको बताएका छन्।
सोमबार २४औँ जनमुक्ति दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै शर्माले जनमुक्ति सेनालाई जनयुद्धका मूल्य, सहिदहरूको बलिदान र सामाजिक न्यायप्रतिको अटुट प्रतिबद्धताको प्रतीकका रूपमा व्याख्या गरे।
उहाँले लेखे, “२०५८ साल मङ्सिर ८ गते जनमुक्ति सेनाको औपचारिक घोषणा भएपछि नेपालमा राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु भयो। यो दिवस जनयुद्धका मूल्य, सहिदहरूको बलिदान र सामाजिक न्यायप्रतिको प्रतिबद्धताको प्रतीक हो।”
सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शर्माले घाइते तथा अङ्गभङ्ग भएकाहरूको सम्मान, पुनर्स्थापना र सम्मानजनक जीवनको सुनिश्चितताका लागि बाँकी कार्यभार पूरा गर्ने सङ्कल्प व्यक्त गरे। साथै, परिवर्तनका लागि समर्पित सबै योद्धाहरूप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले सामाजिक न्याय र रूपान्तरणको यात्रामा निरन्तर प्रतिबद्ध रहन आग्रह गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij