Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

देउवाले मार्गप्रशस्त गर्न सक्ने सुझाव : महामन्त्री शर्माको संकेत

देउवाले मार्गप्रशस्त गर्न सक्ने सुझाव : महामन्त्री शर्माको संकेत

इलाम  : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन अब पनि नियमित रूपमा सम्पन्न गर्न सकिने स्पष्ट गर्नुभएको छ।

इलाममा जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त कांग्रेस जिल्ला कार्यालयको अवलोकनपछि कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री शर्माले महाधिवेशनका दुई विकल्प प्रस्तुत गर्नुभएको छ।

उहाँका अनुसार पहिलो विकल्प अन्तर्गत पुसको अन्तिम सातासम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका निर्माण गर्ने योजना रहेको छ। आवश्यक परे थप १५ दिनको समय लिएर पनि महाधिवेशन सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो। साथै, प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची बुझाउने मिति र फागुन २१ का निर्वाचन मिति पनि वातावरणअनुसार समायोजन गर्न सकिने उहाँको भनाइ थियो।

दोस्रो विकल्पमा, सभापति शेरबहादुर देउवाले पार्टीको अवस्था र समयको चाप अनुसार मार्गनिर्देशन गर्न सक्ने उल्लेख गरिएको छ। उहाँका अनुसार यसरी निकास खोज्दा पार्टीले सहज समाधान पाउने र सभापतिको नेतृत्व भूमिकाले थप सम्मान पाउनेछ।

महामन्त्री शर्माले पार्टीभित्रका सबै मत, धारणा र असन्तुष्टिको समाधान सङ्गठनभित्रकै लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्ने जोड दिनुभयो। उहाँले कार्यकर्तालाई शान्त, संयमित र संगठनमुखी बन्न पनि आग्रह गर्नुभयो।

उहाँको अभिव्यक्ति पार्टीभित्र महाधिवेशनको समय, प्रक्रिया र नेतृत्वको भूमिकाबारे बढ्दो बहसका बीच आएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट