Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन सुरु

लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन सुरु

रूपन्देही :  लुम्बिनी प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजदेखि सुरु भएको छ। अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे प्रदेश सभाको कार्यालयमा सुरु भएको हो।

सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र सभामा पढेर सुनाएका छन्। ती पत्रमा सातौँ अधिवेशन आह्वान सम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र, र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश थिए।

बैठकमा हाल दलीय आधारमा प्रदेशसभा सदस्यहरूले सम्बोधन गरिरहेका छन्। यस अधिवेशनका लागि छलफल गर्न जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ संशोधन विधेयक दर्ता भइसकेका छन्।

प्रदेश मन्त्रिपरिषद् बैठकले थप विधेयकहरू पेश गर्न स्वीकृति दिएको छ। तीमध्ये लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन विधेयक, र दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक छन्।

लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ वर्षे अधिवेशन समाप्त भएको थियो। यस अधिवेशनले आगामी समयमा प्रदेशको नीति, योजना र विधायी कामकाजलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट