काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम हुनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन्।
राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले तीन मन्त्रालयअन्तर्गत रु १ खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे। उनले सहरी विकास मन्त्रालयमा मात्रै करिब रु ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिनुको वास्तविक कारण रोक्का बजेट भएको बताए।
मन्त्री घिसिङका अनुसार, “रोक्का बजेट घटाएर हेर्ने हो भने प्रगति प्रतिशत २० भन्दा माथि पुग्छ। पहिलो त्रैमासिकमा प्रगति सधैँ कम देखिन्छ। यसपालि जेनजी आन्दोलनका कारण धेरै प्रोजेक्टमा काम अघि बढ्न समस्या भयो।”
उनले बजेट रोक्का, जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु दोस्रो ठूला अवरोध रहेको बताए। साथै कामै नगर्ने निर्माण व्यवसायीहरूलाई कडाइका साथ कारबाही थालिएको जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij