काठमाडौँ : मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले सुशासनको क्षेत्रमा अपेक्षित प्रगति नहुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। समूहले सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा ज्ञापनपत्र बुझाउने योजना बनाएको ढुंगानाले जानकारी दिएका छन्।
ढुंगानाले भने, “सुशासन लगायत जेनजीका सरोकारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउँदै छौँ। यसमार्फत समस्याबारे जानकारी गराउने उद्देश्य राखिएको हो।”
पछिल्लो समय जेनजीले गठन गरेको सरकारले सुशासन, शान्ति र सुरक्षा कायम गर्ने कार्यमा अपेक्षाअनुसार काम नगरेको भन्दै समूहले गुनासो व्यक्त गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij