काठमाडौं : खगेन्द्र सुनारको नेतृत्वमा रहेको हाम्रो पार्टी नेपाल सोमबार औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। पार्टीका प्रतिनिधिहरू मध्याह्न आयोग पुगेका थिए र बाजागाजासहित दल दर्ताको प्रमाणपत्र प्राप्त गरेका छन्।
पार्टीका नेता खगेन्द्र सुनारले यस अवसरमा पार्टीको उद्देश्य र आगामी निर्वाचनमा सक्रिय सहभागिताको योजना सार्वजनिक गरेका छन्। निर्वाचन आयोगले आवश्यक कागजात जाँचपछिको प्रक्रिया पूरा गर्दै प्रमाणपत्र प्रदान गरेको हो।
यससँगै हाम्रो पार्टी नेपाल अब औपचारिक रुपमा आगामी निर्वाचनमा भाग लिन सक्षम भएको छ।





© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij