काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्ति सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयका अनुसार प्रमुख स्वकीय सचिवको नियुक्ति कानुनसम्मत र भरोसायोग्य व्यक्तिमा गरिएको हो।
सचिवालयले अनावश्यक रुपमा जात, थर वा नातेदारीको आधारमा आलोचना नगर्न आग्रह गरेको छ। हाल ७ सल्लाहकारको दरबन्दीमध्ये २ मात्र नियुक्त छन् भने १९ विज्ञ कर्मचारी दरबन्दीमध्ये ४ मात्रै कार्यरत छन्। प्रधानमन्त्रीले अत्यावश्यक कामका लागि मात्र २० जनाको सचिवालय बनाएका हुन्।

सचिवालयले जनतालाई आग्रह गरेको छ कि समाचारमा आधारित अतिरेक व्याख्या नगर्नुहोस् र जेनजी आन्दोलनको भावनाअनुसार निष्पक्ष र स्वच्छ निर्वाचनमा ध्यान केन्द्रित गर्नुहोस्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij