काठमाडौं : जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ। सरकारमाथि बढ्दो भ्रष्टाचार, पक्षपातपूर्ण नियुक्ति र कुशासनको आरोप लगाउँदै मुभमेन्टले प्रधानमन्त्री कार्की तत्काल पदबाट हट्नुपर्ने माग सार्वजनिक गरेको हो।
मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार (मंसिर ८) जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकार नैतिक, राजनीतिक तथा कानुनी वैधताको आधार गुमाइसकेको दाबी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “सरकारप्रति जनविश्वास समाप्त भइसकेको अवस्थामा प्रधानमन्त्रीले पदमा रहिरहनु देशको हितविपरीत हुनेछ।”
मुभमेन्टले भ्रष्टाचारविरुद्धको जनआवाजलाई अवमूल्यन गर्दै सत्ताको दुरुपयोग गरिएको आरोपसमेत लगाएको छ। संगठनले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनको सुनिश्चितताका लागि नयाँ नेतृत्व आवश्यक रहेको जनाएको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij