Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मनाङमा निर्वाचन चहलपहल बढ्यो, नामावली दुरुस्ती अन्तिम चरणमा

मनाङमा निर्वाचन चहलपहल बढ्यो, नामावली दुरुस्ती अन्तिम चरणमा

मनाङ  : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मनाङमा आवश्यक तयारी तीव्र बनेको छ । मतदाता नामावली अद्यावधिक प्रक्रियासँगै जिल्लामा मतदाताको सङ्ख्या वृद्धि भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालका अनुसार पहिले मनाङमा ६ हजार ८९३ मतदाता रहेका थिए भने पछिल्लो अद्यावधिकपछि जिल्लाभित्रै १३५ जना नयाँ मतदाता थपिएका छन् । बाहिरी जिल्लाबाट मनाङलाई मतदान स्थल तोकेर आठ जनाले नामावलीमा समावेश गराएका छन् । त्यसैगरी ६३ जनाले ठाउँसारीका लागि निवेदन दिएका छन् भने १० जनाले नामावलीका त्रुटि सच्याउन निवेदन गरेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा मतदाता नामावली दुरुस्त पार्ने कार्यलाई तीव्रता दिइएको कार्यालयको भनाइ छ । मतदाताले समयमै आफ्नो विवरण मिलान गर्न र आवश्यक कागजात तयार राख्न पनि आग्रह गरिएको छ ।

चार गाउँपालिका रहेको मनाङमा एक मात्र निर्वाचन क्षेत्र छ । देशकै सबैभन्दा कम मतदाता हुने जिल्‍ला मानिने मनाङमा निर्वाचन तयारी अघि बढिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट