काठमाडौँ : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउन आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेर आन्तरिक तयारी सुरु गरेको छ।
उपत्यका विशेष कमिटीको सचिवालय बैठकले काठमाडौं, ललितपुर र भक्तपुरका निर्वाचन क्षेत्रहरूमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोकेको छ। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निर्वाचनमा सहभागिता जनाउन कुनै पछि हट्ने कारण नरहेको र दलहरूले ताजा जनादेशसहित अघि बढ्नुपर्ने बताएका छन्।
आजपा प्रवक्ता चन्द्रभुषण साहका अनुसार पार्टीले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी पनि दिनेछ र आन्तरिक तयारीका लागि कमाण्डर तोकिएको छ।
निर्वाचन क्षेत्र अनुसार जिम्मेवारी तोकिएका व्यक्तिहरू यस प्रकार छन्:
काठमाडौं:
क्षेत्र १: इन्चार्ज अमर लिम्बु, संयोजक रामनारायण शाह
क्षेत्र २: इन्चार्ज कालबहादुर विक, संयोजक एमडी सत्तार
क्षेत्र ३: इन्चार्ज वीरवल यादव, संयोजक उमेश शाह
क्षेत्र ४: इन्चार्ज मिना देवी, संयोजक कृष्ण यादव
क्षेत्र ५: इन्चार्ज सरोज श्रेष्ठ, संयोजक जोगेन्द्र यादव
क्षेत्र ६: इन्चार्ज सुभाष साह, संयोजक कोशिला साह
क्षेत्र ७: इन्चार्ज उदयचन्द्र प्रसाद, संयोजक श्रीकिशुन बैठा
क्षेत्र ८: इन्चार्ज अनु कुमारी, संयोजक सनत भट्टराई
क्षेत्र ९: इन्चार्ज रामेश्वर उपाध्याय, संयोजक काइला महर्जन
क्षेत्र १०: इन्चार्ज रविन्द्र सिंह, संयोजक रविन्द्र उपाध्याय
ललितपुर:
क्षेत्र १: इन्चार्ज सिमा जयसवाल, संयोजक उपेन्द्र रौनियार
क्षेत्र २: इन्चार्ज उपेन्द्र साह, संयोजक इन्दल साह
क्षेत्र ३: इन्चार्ज देवेन्द्र ठाकुर, संयोजक प्रदिप विक्रम शाह
भक्तपुर:
क्षेत्र १: इन्चार्ज लखिन्दर साह, संयोजक नरेश खड्की
क्षेत्र २: इन्चार्ज देवकुमारी साह, संयोजक सुमि धिमाल
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij