Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

जेनजी फ्रन्टद्वारा प्रधानमन्त्रीका स्वकीय सचिव बर्खास्त गर्न माग

जेनजी फ्रन्टद्वारा प्रधानमन्त्रीका स्वकीय सचिव बर्खास्त गर्न माग

काठमाडौँ  : नेपालको जेनजी फ्रन्टले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।

श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै पत्नी र नातेदारहरूलाई नियुक्त गरेको आरोप सार्वजनिक भएपछि फ्रन्टले सोमबार विज्ञप्ति जारी गर्दै पाँचबुँदे माग अघि सारेको हो।

विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्त गरिएको खबरले फ्रन्टको गम्भीर ध्यानाकर्षण भएको छ।” संवेदनशील निकायमा नातावाद र कृपावादका आधारमा भएका नियुक्तिले पदको दुरुपयोग मात्र नभई सुशासन, नैतिकता र पारदर्शितामाथि प्रत्यक्ष प्रहार भएको फ्रन्टको आरोप छ।

फ्रन्टले जेनजी विद्रोह वर्षौंदेखि कायम रहेका यस्ता विकृतिप्रति विरोधस्वरूप उठेको भन्दै, राज्य संयन्त्रभित्र पुनः नातावाद प्रकट हुनु अत्यन्त दुर्भाग्यपूर्ण भएको जनाएको छ।

विज्ञप्तिमा फ्रन्टले यस्ता गतिविधि पुनः नदोहोरियोस् भन्ने सुनिश्चितताका लागि प्रधानमन्त्री तथा सरकारलाई सोहीबमोजिमका माग तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट