Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

संविधान संशोधनदेखि जेनजी मुद्दा समाधानसम्म – जसपाको २८ बुँदे एजेण्डा

संविधान संशोधनदेखि जेनजी मुद्दा समाधानसम्म – जसपाको २८ बुँदे एजेण्डा

काठमाडौँ  :  जनता समाजवादी पार्टी (जसपा) नेपालले २८ बुँदे मुख्य माग तथा राष्ट्रिय मुद्दाहरू सार्वजनिक गरेको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार संविधान संशोधन, संघीयता सुदृढीकरण, जेनजी आन्दोलनका न्यायोचित मुद्दा सम्बोधन तथा सुशासन–भ्रष्टाचार नियन्त्रणसम्बन्धी विषयहरू मागको मूल केन्द्रमा छन्।

जसपाले संविधान संशोधन वा पुनर्लेखनमार्फत राष्ट्रिय समस्याहरू समाधान गर्नुपर्ने र राज्य पुनर्संरचना उच्च स्तरीय आयोग (२०६८) को सुझावका आधारमा (१०+१) मोडेलअनुसार प्रदेश पुनर्संरचना गर्नुपर्ने जनाएको छ।

पार्टीले जेनजी आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्न, आन्दोलनका क्रममा भएका दमन, हिंसा, आगजनी र हत्याको छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न पनि आग्रह गरेको छ।

साथै, विगतका सम्पूर्ण भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन, सुशासन र पारदर्शिताको सुनिश्चिततासहित भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जसपाले जोड दिएको छ।

केन्द्रीय कार्यकारिणी समितिबाट पारित २८ बुँदे माग कार्यान्वयनका लागि पार्टीले मंसिर १० गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट